२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

भ्यू–टावर निर्माणको औचित्यमाथि महालेखाले उठायो पश्न

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते १५:२७
भ्यू–टावर निर्माणको औचित्यमाथि महालेखाले उठायो पश्न

खोटाङ -दिक्तेलको रूपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी क्षेत्रको बुद्धेश्वर गुफा अगाडि बनाएको भ्यू–टावर औचित्यहीन भएको महालेखा परीक्षकले औंल्याएको छ ।

प्राकृतिक रूपमै चारैतिर प्रष्ट देख्न सकिने ठाउँमा भ्यू–टावर निर्माण गरिएकाले त्यसबाट प्राप्त हुने उपलब्धि र मूल्य सिर्जना नभएकाले उक्त संरचना निर्माणको औचित्यमाथि महालेखाले प्रश्न उठाएको हो ।

उपलब्धि र उत्पादकत्वलाई ध्यानमा राखेर मात्र यस्ता खाले संरचना निर्माण गर्नु पर्ने समेत आर्थिक वर्ष २०८०÷८१ को महालेखा परीक्षण प्रतिवेदनले सु्झाव दिएको छ ।

भ्युटावर निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको ६५ र नगरपालिकाको ३५ प्रतिशत गरी १ करोड ३६ लाख ८४ हजार विनियोजन भएकोमा ९६ लाख ६६ हजार मा बनेको हो ।

सामुदायिक वन उपभोक्ता समूहसँग संरचना निर्माणपछि त्यसको स्वामित्व कसको हुने, प्राप्त हुने आम्दानी कसले कसरी उठाउने जस्ता विषयको निक्र्योल नगरी तथा सामुदायिक वन क्षेत्रमा संरचना निर्माण गर्न नेपाल सरकारबाट स्वीकृति लिनुपर्नेमा नलिई निर्माण कार्य गरेको समेत महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको छ ।

भ्यू–टावर निर्माण गरिएको जग्गा देविस्थान सामुदायिक वनको भएको नगरपालिकाले दाबी गरे पनि स्थानीयले भने सामुदायिक वनको साथै व्यक्तिको समेत जग्गामा भ्यू–टावर बनेको गुनासो गरेका छन् । उक्त संरचना कसको जग्गामा निर्माण गरिएको भन्ने नगरपालिकाकै अमिन अमिन सुमनकुमार देवलाई समेत थाहा छैन ।

नगरपालिकाले आफूहरूलाई संलग्न नगराई मझुवागढी क्षेत्रको डिपिआर निर्माण गरेको भन्दै किरात राई यायोक्खा लगायत किराती समुदायसँग सम्बन्धित संघ–संस्थाहरूसँग आबद्धहरूले विरोध जनाएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise