२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

रसुवा र नुवाकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

shivam cement
२०८२ असार ३२ गते १६:१०
Shares
रसुवा र नुवाकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौं : रसुवा र नुवाटोट पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ ।  

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले रसुवालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् ।  

रसुवाका पाँचवटै स्थानीय तह पूर्णखोप सुनिश्चितता भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

१६ देखि २३ महिनासम्म उमेर समूहका १ हजार २ सय ६७ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि जिल्लाले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो ।  

यस्तै  नुवाकोटको विदुरमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले १२ वटा स्थानीय तह रहेको नुवाकोटलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त जिल्ला घोषणा गरेका हुन् । 

उनले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

१६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि नुवाकोटले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो । यसअघि जिल्लाका सबै १२ वटा स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको थियो ।

नुवाकोटका १२ वटै स्थानीय तहका ८८ वडामा १६ देखि २३ महिनासम्मका कूल ४ हजार ५७७ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् ।  
 

सम्बन्धित खबर