काठमाडौं : नेपालको विद्युतीय सवारीसाधन (ईभी) यात्रामा नयाँ इतिहास बनाउँदै दिगोले पहिलो पटक जुम्लामा ९ वटा डिएफएसके डाँफे विद्युतीय भ्यानहरू पुर्याएको छ ।
डिएफएसके डाँफे विद्युतीय भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिने जनाएको छ । जसले यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा प्रदान गर्नेछ ।
यसले इन्धनमा निर्भरता घटाउने र स्थानीय वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन दिगोले गाडी सँगै ८० किलोवाट क्षमताको फास्ट चार्जर समेत जुम्लामा जडान गर्दैछ ।
जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्याउनु गर्वको कुरा भएको दिगो ग्रुप अफ् कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले बताए ।