२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते ०७:२८
भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सप्तरी : सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका-४ स्थित सिल्हट पर्साहीका १२० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार आयोजित कार्यक्रममा ती परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको हो ।

लामो समयदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नपाएका स्थानीयवासीले जग्गाधनी पुर्जा पाएपछि खुसी व्यक्त गरेको छन् । नापी कार्यालय सप्तरीअन्तर्गत ३ नं नापी टोली राजविराजका प्रमुख सतिश यादवका अनुसार साबिकको फुलकाही गाविस-६ देखि ९ सम्मका करिब ६० प्रतिशत लालपुर्जा वितरण गरिसकिएको छ । बाँकी लाभग्राहीका लागि २१ दिने सूचना प्रकाशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

“केही स्थानमा नक्सासम्बन्धी समस्या देखिएकाले तत्काल वितरण सम्भव भएन, तर सुधार गरी ती लालपुर्जा पनि चाँडै उपलब्ध गराइनेछ”, यादवले भने ।   

नगरप्रमुख आतेशकुमार सिंहले बाँकी वडामा पनि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाइने बताए । “पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकले लालपुर्जा नहुँदा सरकारी सेवा, कर्जा सुविधा, घरजग्गा दर्तालगायत धेरै समस्यामा भोग्नुपरेको थियो”, उनले भने, “अब बिस्तारै सम्पूर्ण नगरभरिका गाउँब्लक जग्गाधनीलाई लालपुर्जा प्रदान गरिनेछ ।” -रासस

ADV

सम्बन्धित खबर

Advertise