शंकर ज्ञवाली, पोखरा
१
युगौँयुगसम्म तिम्रै हुन मन लागेको छ
छाती चिरी मुटु नै छुन मन लागेको छ
कहाँ गएर पोखुँ यी मनका पिडा र बह !
तिम्रै काखमा पल्टेर रून मन लागेको छ ।
२
आकाशका तारा गनेर गन्न सकिन्न
हिमालको हिउँ खनेर खन्न सकिन्न
अगाध मायाँ छ तिमी प्रती कसम् !
एकै छिनमा सबै भनेर भन्न सकिन्न ।
३
बाच्छोले पनि खेद्दो रहेछ मृग ओरालो झरेपछी
सूर्यको तेज पनि मलिन हुन्छ झम्के साँझ परेपछी
जे जति हुन्छ सबै सत्ता र सम्पत्ति हुँदासम्म हो !
लिखा र जुम्राले पनि छोडी दिन्छन् मान्छे मरेपछी ।
४
आँखाको चस्मा टाउकोतिर लाएका छन्
एकदिन जसो बिराई पार्लर धाएका छन्
दूध, भात खाउ भन्दा त नाकै फाल्छन ती !
निकै मिठो मुख बनाएर चटपट खाएका छन् ।
५
एनकेन गरेर आफ्नो दैनिक गुजरा टारेको छु
सानो झुपडी घर नर्कटको सिठोले बारेको छु
तिम्रै छत्रछायामा बस्ने रहर छ मलाई त हजुर !
त्यसैले आँगनको डिलमा पिपलको बोट सारेको छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies