एजेन्सी : ओमानमा दुई वटा तेल ट्यांकरमा आक्रमण हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायत र रोमानियाका नागरिक रहेका छन् ।
बेलायतस्थित जोडिएक मेरिटाइमद्वारा सञ्चालित तेल बोक्ने पानीजहाजमाथि अरब सागरस्थित ओमनको तटमा आक्रमण भएको हो । जहाजले तान्जानियाबाट उत्तरी हिन्द महासागरमा यात्रा गरिरहेको बताइएको छ ।
बेलायतले घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ । अमेरिकी सेनाले पनि समुद्री सुरक्षामा चासो देखाउँदै घटनाको छानविन भइरहेको जनाएको छ ।
इजरायली कम्पनीले सञ्चालन गरेको ट्यांकरमा आक्रमण भएको हो । इजरायलका विदेश मन्त्री यायर लेपिडले आक्रमणमा इरानको संलग्नता रहेका भन्दै निन्दा गरेका छन् । इरानले भने घटनामा आफ्नो संलग्नताबारे कुनै प्रतिक्रिया जनाएका छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies