२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

आइएमई खल्ती लिमिटेडको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ५४ करोड बढी

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते १५:१२
आइएमई खल्ती लिमिटेडको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ५४ करोड बढी

काठमाडौं : ‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार सुरु भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आजबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबार गर्नका लागि लाइसेन्स खल्ती आईएमी समूहलाई हस्तान्तरण गरेका छन् ।

एकीकृत कारोबारको सुरुवात कार्यक्रममा ‘आइएमई खल्ती लिमिटेड’का निर्देशक प्रविन रेग्मीले यो मर्जर सेवामा नयाँ अवसर खोजीका लागि भएको बताए ।

उनले आजको दिन डिजिटल भुक्तानी क्षेत्रको मात्रै नभएर फिनटेक र बैंक तथा वित्तीय संस्थाका लागि पनि एक महत्वपूर्ण कदम भएको बताए । 

दुई संस्था मर्ज भएसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने प्रयोगकर्ता संख्या १ करोड २७ लाख पुगेको छ । 

यसअघि खल्तीमा ७० लाख र आइएमई पेमा ५७ लाख प्रयोगकर्ता थिए । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise