गोमती पाल/मध्यान्ह
महेन्द्रनगर : सशस्त्र प्रहरीले लागू औषधसहित दुई जनलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट आपतालको टोलीले शनिबार दुई जनालई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरीका १८ वर्षीय गणेश बिक. र १५ वर्षीय करन वादी छन् । उनीहरुलाई पुनर्वास नगरपालिका ४ बाट पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरीको लाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेड क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्रबहादुर ऐरले उनीहरुबाट लागूऔषध नाईट्रोभेट–१० का १५ ट्याबलेट तथा स्मास्मो प्रोक्सीभोन प्लस –३ क्याप्सुल बरामद गरिएको जानकारी दिए ।
सशस्त्र प्रहरी नायब निरीक्षक गंगादत्त बोगटी नेतृत्वको टोलीले शंकास्पद रुपमा जाँच गर्दा लागूऔषध भेटिएको हो । पक्राउ परेका दुई जनालाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरमा बुझाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies