२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

नवराजपुर गाउँपालिकाको बेरुजु १७ करोड नाघ्यो

shivam cement
मनु यादव निरज
२०८२ साउन १ गते २०:४४
नवराजपुर गाउँपालिकाको बेरुजु १७ करोड नाघ्यो

सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाको बेरुजु रकम १७ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजुमा रु. १ करोड ४७ लाख १४ हजार थपिएसँगै जम्मा बेरुजु रकम रु. १७ करोड ७१ लाख ४९ हजार पुगेको छ ।

सुशासनको चर्चा गर्ने गाउँपालिका अध्यक्ष शिव उदगार यादव नेतृत्वमा बेरुजुको चाङ थपिँदै जाँदा आर्थिक अनुशासनप्रति प्रश्न उठ्न थालेको छ । स्थानीयहरूबीच पालिकाको खर्च प्रणालीमाथि शंका बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा आर्थिक प्रशासनको नेतृत्व तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले गरेका थिए ।

गाउँपालिकाले एकीकृत वित्तीय विवरण अन्तर्गत अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्राप्त रु. ८ करोड ९१ लाख ३३ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत रु. १ लाख ९७ हजार र प्रशासकीय भवन निर्माणको रु.१२ लाख, अर्थात् कुल रु.९ करोड ५ लाख ३० हजारको लेखापरीक्षण नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले संघीय सरकारबाट सशर्त अनुदान अन्तर्गत रु.१३ करोड २३ लाख ८० हजार, समपूरक अनुदान अन्तर्गत रु. ५ लाख र विशेष अनुदान अन्तर्गत रु. ८० लाख गरी कुल रु. १४ करोड ८ लाख ८० हजार प्राप्त गरेको थियो । तर वर्षको अन्त्यसम्ममा रु. ५ करोड २७ लाख ११ हजार खर्च हुन नसकी बचत भएको र २०८१ साल असोज २३ गते उक्त रकम संघीय संचित कोषमा फिर्ता गरिएको  छ । अनुदान खर्च गर्न नसक्दा स्वीकृत कार्यक्रम कार्यान्वयनमा असर परेको रिपोर्टमा उल्लेख छ ।

लेखापरीक्षणमा देखिएको बेरुजु

गाउँपालिकाको रु. ७९ करोड १७ लाख ६९ हजार को लेखापरीक्षण गर्दा रु.१ करोड ४७ लाख ३७ हजार बेरुजु देखिएको छ । सोमध्ये रु. २३ हजार बेरुजु फस्र्योट भइसकेको छ, भने रु. ३७ लाख ६३ हजारका लागि प्रमाण कागजात पेस गर्नुपर्ने उल्लेख गरिएको छ । यस आर्थिक वर्षको लागि रु. १ करोड ४७ लाख १४ हजार बेरुजु कायम रहेको छ । यसअघि (गत वर्षसम्म) रु.१६ करोड २५ लाख ३५ हजार बेरुजु बाँकी थियो । हाल समायोजन, सम्परीक्षण, फस्र्योट र नयाँ बेरुजु समेत गरी हालसम्मको अद्यावधिक बेरुजु रु.१७ करोड ७१ लाख ४९ हजार पुगेको छ ।

ADV

सम्बन्धित खबर

Advertise