२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

भिरबाट लडेर एक युवकको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते १०:५३
भिरबाट लडेर एक युवकको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । 

रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका-२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

बिहीबार साँझ भिरबाट लडेर गम्भीर घाइते भएका मल्लको प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् जिल्ला अस्पताल पठाइएकामा निजलाई चिकित्सकले गए राति नै मृत घोषणा गरेका सूचना अधिकारी पाठकले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise