२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

Nada
२०८२ साउन २ गते ११:१०
Shares
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी : कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका-१ लामगरामा तटबन्ध निर्माण भएको छ । 

ncell

सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामगरास्थित सेतोढुंगादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुँदै तलतर्फ कालीगण्डकी नदी किनारमा रु ७० लाख बजेटबाट १५० मिटर तटबन्धन गरेको हो । 

उक्त कार्यालयका इञ्जिनियर नरजङ गुरुङका तटबन्धमा प्रयोग भएको ग्याबियन तारजालीलाई खिया लाग्नबाट बचाउनका लागि केही भागमा प्लास्टर गरेर ‘ज्याकेटिङ’ गरिएको छ ।

तटबन्धन गरिएपछि लामगराका ५० परिवारले सुरक्षित महसुस गरेका छन् । लामगराको बस्ती, सयौँ रोपनी खेतीयोग्य जमिन, लामगरा–मिलनचोक झोलुङ्गे पुल र रत्नेचौर लिफ्ट खानेपानी योजनाको ट्यांकी संरक्षण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल थापाले बताए। यो बस्ती सागसब्जीको पकेट क्षेत्र हो । 

ताजा खबर

सम्बन्धित खबर