२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

चक्रपथ विस्तारको काम सधैं ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छ : सांसद ज्वाला

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते ११:४८
चक्रपथ विस्तारको काम सधैं ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छ : सांसद ज्वाला

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो काम अगाडि बढाउन आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सधैं ‘होल्ड’मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए । सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पारे ।

काम सुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उनले आग्रह गरे । सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताए । उनले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै प्रश्न गरे । 

उनले चक्रपथ विस्तारको काम छिटो सुरु गर्न आग्रह गर्दै सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा स्पष्ट पार्न आग्रह गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise