२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

नेपालमा टेलिग्राम बन्द

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते १९:०२
नेपालमा टेलिग्राम बन्द

काठमाडौंः सरकारले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टेलिग्राम बन्द गर्ने निर्णय भएको जनाएको हो । टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ समेत यसैमार्फत हुने गरेको भन्दै यसलाई बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ । ।

‘अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउनेरबन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ,’ सूचनामा उल्लेख छ।

ADV

सम्बन्धित खबर

Advertise