आचार्य प्रदिप/मध्यान्ह
बुटवल : लुम्बिनी प्रदेश दाङको निर्वाचन क्षेत्र नम्बर ३ ख बाट विजयी बनेकी सांसद बिमला वली खत्रीले बैशाख १९ गते माओवादी केन्द्र रोज्दै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् । शुक्रबार बिहान देखि शनिबार दिउँसोसम्म सम्पर्कमा नरहेकी उनले सोमबार विज्ञप्ति निकाल्दै एमालेमै रहेको बताएकी छन् ।
पति उत्तरकुमार वलीको निधनपछि सांसद बनेकी खत्रीले माओवादी केन्द्र छाडी एमालेमा आएको विज्ञप्ति निकाल्दै जनाएकी हुन् । उनले सूर्य चिन्हबाट चुनाब जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानूनी रुपमा ठिक नभएकाले एमालेमै रहेको स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
उनले माओवादी केन्द्र रोज्दा पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बताएकी थिइन् । विमलाका श्रीमान् उत्तरकुमार ओली भने २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि विमला प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
उपनिर्वाचनमा आफूले माओवादी नेताहरूबाट नै बढी समर्थन र सहयोग पाएकाले सोही पार्टीमा लाग्ने निर्णय आफूले गरेको विमलाको भनाइ थियो । ओली दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भएको उपचुनावमा नेकपाबाट निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रको समुहमा गनिएकी उनी एमालेमा फर्कदा एमालेको संख्या ३९ भएको छ । उनी एमालेमा फर्किएपनि शंकर पोखरेल अल्पमतमै छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies