काठमाडौं : सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरूका लागि अनलाइनमार्फत् कार्डमा टपअप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ । ई–कम भिसा कार्ड प्रयोगकर्ताहरूले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी इ–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन् ।
ग्राहकहरूले सानिमा सजिलो ईबैकिङ् एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसमा आफ्नो विवरणहरू राखेर टपअप गर्न सक्नेछन् ।
ग्राहकहरूले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टपअपको प्रक्रिया अगाडि बढाउन सक्ने बैंकले जनाएको छ ।
साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटीपी राखेपश्चात् कार्डमा तुरुन्तै टपअप हुनेछ ।