काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकलाई ओम हस्पिटलको सेवामा छुट हुने भएको छ । बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच बैंकका ग्राहकहरूको स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको हो ।
यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका थिए ।
सो सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत् भुक्तानी गर्नुपर्ने छ ।