– ईश्वरा भट्टराई
सन् २०२० को डिसेम्बर अन्तिम हप्ता चीनको हुवान शहरमा आश्चर्यजनक रुपमा उत्पत्ति भई विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको महामारीबाट विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख नाघेको र संक्रमितको संख्या झण्डै २० करोड पुुग्न लागेको छ । नेपालमा अहिलेसम्म मर्नेको संख्या ९ हजार नाघेको र संक्रमितको संख्या ७ लाख नजिक छ । कोरोना महामारी मत्थर नभई डरलाग्दो किसिमले विश्वभर फैलिएको र विश्वकै ध्यान कोरोना भाइरसको महामारीमा केन्द्रित हुन पुगेको छ । विश्वको उन्नति र प्रगतिको तीव्र गतिमा ब्रेक लागेको छ ।
यतिखेर विश्वमा जीवन र जीविकामाथि गम्भीर खतरा उत्पन्न भएको छ । विश्वभर प्रदूषणको प्रभाव बढ्दै गइ उत्पन्न जलवायु परिवर्तनका कारण कोरोना महामारी संक्रमणको महामारी फैलियो । कोभिड–१९ को महामारीले विश्कका सबै देशमा धेरथोर मानिसको जीवन क्षति गरेको छ ।
विश्वकै मानिस यतिखेर अति भयभित छन् । यतिखेर विश्वभर एउटै चिन्ता र चासो छ, कोरोना संक्रमणको महामारीबाट आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने छ । विशेषगरी स्वास फेर्न अति गाह्रो हुने, निमोनिया ज्वरो आउने, सुख्खा खोकमी लाग्नेलगायत विभिन्न प्रकारका लक्षणले शरीरमा आक्रमण गरी अन्त्यमा मृत्युसम्म हुने गरेको छ । सरकारले निःशुल्क औषधि उपचारबाट हात झिकिदिने हो भने अत्ति खर्चालु रोगको औषधि उपचार नपाएर सर्वसाधारण संक्रमितको संख्या अकल्पनीय ढंगले बढ्न पनि सक्दछ ।
कोरोना भाइरस संक्रमण विरुद्धको खोप अविष्कार, उत्पादन र खोप लगाउने काम विश्वभर शुरु भइसक्दा पनि कोरोना संक्रमण मत्थर भएको, कहिले तीव्रता लिएकोले झन भयलाग्दो बनाइरहेको छ । कोरोनाबाट बच्न सबैले अनिवार्य मास्क लगाउन थालेका र सामाजिक दूरी पालना गर्न थालेपनि प्रभावकारिता देखिएको छैन । जलवायु प्रदूषणले जलवायु परिवर्तन भएको र जलवायु परिवर्तनका कारण कोरोना महामारी फैलिएको सहजै अनुमान गर्न सकिन्छ । यो प्राकृतिक र वैज्ञानिक विषय भएकोले सजिलैसँग छिटो समयमा यसको रोकथाम हुने संभावना निकै छ । यस रोगले जीवन र जीविका दुवैलाई असर पारेकोले कोरोना महामारीको प्रकोपले विश्व जनसंख्या निकै घट्न जाने देखिन्छ । विभिन्न रोगको महामारीका कारण यसभन्दा अघि विगतका विभिन्न वर्षहरुमा विश्वका विभिन्न भागमा असंख्य मानिसहरुको मृत्यु भएको इतिहास छ । एक शताब्दी, एक युगमा अनौठो र चमत्कारिक ढंगले रोग फैलिएर अकल्पनीय रुपमा मानिसहरुको अकालमा मृत्यु भएको इतिहासका पुस्तकमा उल्लेख गरेको पाइन्छ ।
रोगको महामारी (देशानु) भनेपछि यो विश्वभर घुमेर विश्वकै सबै ठाउँमा पुग्दछ । हावाबाट फैलिने र मानिसबाट मानिसमा सर्ने गर्दछ । कोरोना भाइरसको संक्रमण समुदायमा, प्रत्येक घरमा, प्रत्येक मानिसमा फैलंदै गएकोले बढी चिन्ता लिनुपर्ने, डराउनु पर्ने स्वभाविकै हो । विश्वभरको झण्डै ८ अर्ब जनसंख्यामा ४२ लाख बढिको मृत्यु हुन पुगेको र झण्डै २० करोड संक्रमित भएकाले स्थिति जटिल बन्दै गइरहेको छ ।
जोन्स हकिन्स विश्व विद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित विश्वका २० देश छन् । विश्वभर तीन अर्ब ३२ कोरोड ५५ लाखले कोरोना विरुद्ध खोप लगाइसकेका र दिनहुँ सबै देशमा खोप लगाउनेको संख्या निकै वृद्धि भए पनि कोरोना संक्रमण परीक्षणको क्रममा घट्न नसकेको र विश्वका चिकित्सक, औषधि आविष्कार गर्ने, उत्पादन गर्ने कम्पनीहरु पनि अनौठो मानेर यो भन्दा बढी कति नोक्सानी गर्ने हो भनेर तथा कहिलेसम्म कोरोना संक्रमण रहिरहने हो भनेर अनुमान र भविष्यवाणी गर्न नसक्ने भएका छन् ।
सन् २०२१ मा कोरोना संक्रमणको महामारी मात्र नभएर बेरोजगारी, भोकमरी, अति वर्षा, बाढी, पहिरो, डुबान बढ्ने बलियो अनुमान र संभावनाले गर्दा विश्वको वर्तमान अवस्थामा भीषण उथल पुथल नै हुन सक्दछ । भनिन्छ, प्राकृतिक प्रकोप र दैवी विपत्तिलाई मानिस र विज्ञानले रोक्न चाहेर पनि रोक्न सक्दैन । प्राकृतिक प्रकोप, महामारीले आफ्नो कोर्स पूरा गरेर नै छड्दछ । हुने हुनामी टारेर टर्दैन, यो नियति नै हो ।
दुःख–सुख, उन्नति–उत्थान–पतन भइरहेको हुन्छ । यो प्रकृतिको नियम नै हो । प्राकृतिमा विकृति आएपछि महाविपित्त हुन्छ नै । प्राकृतिक असन्तुलन देखिएपछि महाभय आउँछ । त्यतिखेर राम ! राम, हे ईश्वर ! भन्नु बाहेक अर्को विकल्प देखिंँदैन । विश्वका शक्तिशाली विकसित राष्ट्र कोरोनाबाट अति प्रभावित हुनु आफैंमा अनौठो छ । अमेरिकामा तीन करोड ५७ लाख संक्रमित संख्यामा अमेरिकामा ६ लाख बढिको मृत्यु भएको छ भने भारतमा तीन करोड १६ लाख संक्रमितमा चार लाख २४ हजारको मृत्यु हुन गएको रेकर्ड छ ।
ब्राजिल, फ्रान्स, रुस्, टर्की, बेलायत, अर्जेन्टिना, कोलम्बिया, इटाली, स्पेन, जर्मनी, इरान, पोल्याण्ड, मेक्सिको, इण्डोनेसिया, युक्रेन, दक्षिण अफ्रिका, पेरु, नेदरल्याण्ड अति प्रभावित राष्ट्रका रुपमा देखिएका छन् । हिन्दू राष्ट्र, इस्लामिक (मुस्लिम) राष्ट्र, क्रिश्चियन राष्ट्र, बुद्धिष्ट राष्ट्र कुनै कोरोना प्रभावित हुनबाट छुटेका छैनन् । धनि र गरीब राष्ट्र भनेर कोरोना महामारीले पक्षपात र विभेद गरेको छैन । शरीरको प्रतिरोधात्मक क्षमता कम भएकालाई आक्रमण गर्ने कोरोना महामारीले, कोरोना संक्रमित भएका व्यक्तिहरुको प्रति रक्षाात्मक शक्ति साबिकको अवस्थामा आउन निकै समय लाग्ने देखिएको छ । कोरोना कहरले विश्वका मानिसहरुको सुख र आनन्द नै लुटेको छ । प्रगति र उन्नतिको विश्वको रफ्तारलाई नै अवरुद्ध पारेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies