काठमाडौं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आसन्न महाधिवेशनमा आफू नेपाली कांग्रेसको सभापतिमा लड्ने संकेत गरेकी छन् । महाधिवेशन निजिकिँदै जाँदा कांग्रेसमा सभापतिका आकांक्षीहरु बढ्दै गएका छन् । सोही समयमा नेतृ कोइरालले आफु सभापतिमा लड्ने संकेत गरेकी हुन् ।
उनले मध्यान्ह दैनिकसँगको कुराकानीमा बिपी र गिरिजाप्रसादको सपना साकार पार्न आफू नेतृत्वमा आउनु पर्ने बताएकी हुन् । कांग्रेससको नेतृत्व आफुले लिए पार्टीले गति लिने उनको दाबी छ ।
यतिबेला कांग्रेसभित्र सभापतिका आकांक्षीहरू पनि बढ्दै गएका छन् । बिमलेन्द्र निधि, डा शशांक कोइराला, प्रकाशमान सिंह र पछिल्लो समय गोपालमान श्रेष्ठले उम्मेदवारी दिने बताउँदै आएका छन् ।
गिरिजा पुत्री सुजाताले २१औँ शताब्दीमा विश्वका धेरै मुलुकमा महिलाले नेतृत्व लिइसकेको अवस्थामा देशकै पुरानो र लोकतन्त्रवादी दलको नेतृत्वमा महिला आउन जरुरी भइसकेको बताइन् ।
उनले भनिन्, 'अब दलमा महिलाको भूमिकालाई बढाउनै पर्छ । त्यसैका लागि नेतृत्व लिन म अग्रसर भएकी हुँ । मेरो प्राथमिकता महिलालाई राजनीति र पोलेसी मेकिङ तहमा पुर्याउने हुनेछ, लोकतन्त्रवादी शक्ति कमजोर हुँदाका बेथिति सबैले देखेकै छौँ । यो अवस्थामा मैले उम्मेदवारी दिने तय गरेकी हुँ । आफ्नो परिवारभित्रका सबैबाट पूर्ण साथ र सहयोग पाउनेमा म विश्वस्त छु ।'
नेतृ कोइरालाले आफूले लोकतन्त्र बलियो बनाउने एजेण्डा पनि प्रस्तुत गरिन् । आफू नेतृत्वमा आएमा लोकतन्त्रमा कहिल्यै कसैसँग सम्झौता नगर्ने योजना पनि उनले सुनाइन् । आफ्नो उम्मेदवारीलाई आगामी स्थानीय, प्रदेश र संसदीय चुनावसँग पनि उनले जोडेकी थिइन् । आगामी चुनावमा कांग्रेसले विगतमा गुमाएको वर्चस्व फिर्ता ल्याउन पनि उम्मेदवारी दिन लागेको उनको तर्क छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies