२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते

shivam cement
मध्यान्ह
२०८२ साउन ३ गते १५:२९
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते

काठमाडौँ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ पौवास्थित यात्रुबाहक बस दुर्घटना भएको छ ।

शनिबार दिउँसो रामेछापको डोरखानीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा भएको हो । दुर्घटनामा २३ यात्रु घाइते भएका छन् ।

यात्रुवाहक बस ब्रेक फेल हुँदा सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार ब्रेक फेल हुँदा बस सडकको भित्तामा ठोक्किँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भएको छ । घाइते भएका यात्रुको नाम थर, वतन खुलेको छैन ।

घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । बसचालक भने प्रहरी चौकी दोलालघाटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise