२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

shivam cement
मध्यान्ह
२०८२ साउन ३ गते १५:३७
गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

काठमाडौंः संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् ।

संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय (ओसीएचए) ले सार्वजनिक गरेको प्रतिवेदनमा इजरायली प्रशासनले गाजाको उत्तरी क्षेत्रमा पुनः जबरजस्ती विस्थापनको आदेश दिएको उल्लेख गरिएको छ । त्यहाँका अस्पतालमा उपचारको अभावका कारण कुपोषित बालबालिका र वयस्कहरू ज्यान जोखिममा परेका छन् ।

पछिल्ला दिनहरूमा इन्धन संकट अझै चर्किएको छ । सीमित मात्रामा इन्धन आए तापनि फोहर व्यवस्थापन रोकिएको छ भने डिर अल बलाह क्षेत्रमा पानीका कुवाहरू बन्द भएका छन् । यस्तै, डायलाइसिसजस्ता जीवनरक्षक स्वास्थ्य सेवाहरू पनि बन्द हुनुका साथै अन्य सेवा रोक्ने तयारी भइरहेको छ ।मानवीय सहायता गाजाभित्र प्रवेश गराउन गरिएको प्रयास पनि निरन्तर असफल हुँदै गएको छ । हालैका १३ प्रयासमध्ये केवल ७ प्रयासमा मात्र इजरायली प्रशासनले अनुमति दिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।


सङ्गठनले गाजामा युद्ध, विस्थापन, भोकमरी, इन्धन अभाव र जनमानसमा बढ्दो निराशालाई सामूहिक अभाव सामान्यजस्तो बन्दै गएको त्रासदीपूर्ण अवस्था भएको टिप्पणी गरेको छ । यसैबीच, गाजामा खाद्यान्नको गम्भीर अभावले दुर्भिक्षको अवस्था ल्याएको र अन्तर्राष्ट्रिय समुदाय भने अझै मौन रहेकोमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूले खेद प्रकट गरेका छन् । एजेन्सी 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise