२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

कतारमा नवोदित पत्रकार सम्मानमार्फत मध्यान्हकर्मी पौडेल सम्मानित 

shivam cement
मध्यान्ह
२०८२ साउन ३ गते १५:४२
कतारमा नवोदित पत्रकार सम्मानमार्फत मध्यान्हकर्मी पौडेल सम्मानित 

काठमाडौँ : वैदेशिक रोजगारीका लागि कतारलाई दुई दशकदेखि कर्म थलो बनाउँदै पत्रकारितामा सक्रिय रहेका म्याग्दीका पत्रकार तिलु शर्मा पौडेल सम्मानित भएका छन् । 

शुक्रवार सम्पन्न नवोदित साहित्यिक वाचनालय कतारको सत्रौँ अधिवेशनका क्रममा आयोजित कार्यक्रममा पौडेल "नवोदित पत्रकार सम्मान" मार्फत सम्मानित भएका हुन् ।

अधिवेशनसँगै नवोदित साहित्यिक वाचनालय कतारले ११२ औं भानु जयन्ती, नवोदित कृति अवार्ड र कृति विमोचनसहित अनेसास नवोदितको १६० औ वाचन डबली कार्यक्रमको समेत आयोजना गरेको थियो । 

वाचनालयका भूतपूर्व महासचिव तथा आजीवन सदस्यसमेत रहेका पौडेललाई संस्थाले आयोजना गरेका विविध गतिविधिलाई सञ्चारको माध्यमबाट अतुलनीय योगदानको पुर्याएको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

सम्मानपश्चात पौडेलले आफूलाई सम्मान गर्ने संस्थाका सम्पूर्ण कार्यसमिति पदाधिकारीप्रति आभार व्यक्त गर्दै यो सम्मानले पत्रकारितामा दरिलो भएर कलम चलाउन थप ऊर्जा र हौसला मिलेको बताए ।

म्याग्दीको बेनीबाट प्रकाशित हुने स्थानीय अनलाइन मार्फत आफ्नो पत्रकारिताको सुरुवात गरेका पौडेल हाल काठमाडौँबाट प्रकाशित हुने मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा आवद्ध छन् । 

पौडेल कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्यामा सत्य तथ्य रूपमा अग्रपङ्क्तिमा रहेर कलम चलाउने पत्रकारको रूपमा चिनिन्छन् ।

ADV

सम्बन्धित खबर

Advertise