काठमाडौं : रत्न डंगोलको अभिनय रहेको गीत ‘जिन्दगीले घुमायो’ सार्वजनिक भएको छ । युवा गायक जोसेफ शाही ठकुरी र भ्वइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा रहेको गीत ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक भएको हो ।
जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको काहानी समेटिएको गीतको भिडियोमा डंगोलसँगै राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय रहेको छ । सिम भन्ज्यांगलगायतका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा गौरव गिरीको निर्देशन छ ।
जोसेफको नै शब्द, करणराज कार्कीको संगीत र देबेश राइको संगीत संयोजन रहेको गीत ए वन म्युजिसियन स्टडीयोमा रेकर्ड गरिएको हो भने ध्वनी सम्पादन किशोर थापाको छ । बसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको रंग संयोजन छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies