२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

Nada
२०८२ साउन ३ गते १७:४९
Shares
धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक : धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न प्रजातिका एक हजार बिरुवा रोपिएका छन् ।

ncell

मुख्यसचिव एकनारायण अर्याल, महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका साथै समाजका प्रतिष्ठित व्यक्तिले संयुक्त रूपमा बिरुवा रोपेर उद्यानको पनि शुभारम्भ गरे ।

विभिन्न सञ्चार गृहमा आबद्ध पत्रकार तथा तराई विकास तथा सञ्चार केन्द्रद्वारा अभियानका रूपमा नगरपालिका-१० शारदाबतासेमा उद्यान बनाइएको हो । रौतहटको चन्द्रपुर-९ सिन्दुरेघारी मर्दर चाँदीखोलामा पनि उद्यान बनाइएको केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले बताए । 

त्यस अवसरमा श्रम तथा रोजगार मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू तथा उपप्रमुख निराजन जंगम, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सुमन दाहाल, वाग्मती प्रदेश वन मन्त्रालयका सचिव डा. केदार बराल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, वडा धुलिखेल-१० का वडाध्यक्ष गोविन्द भण्डारीलगायत विभिन्न तहका सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कलाकार तथा सामाजिक अभियन्ता एवं सञ्चारकर्मीको सहभागिता थियो ।

ताजा खबर

सम्बन्धित खबर