काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलको केयर गिभर रोजगारीका लागि आवेदन दिने अनलाइन प्रणालीमा समस्या आएको भन्दै सोमबार बिहानसम्म आवेदन दिएकाहरूले पुनः आफ्नो विवरण रुजु गर्नुपर्ने बताएको छ ।
सोमबार बिहान १ बजेदेखि विभागको प्रणालीमा समस्या आएको थियो । जसका कारण आवेदनको प्रक्रिया नै अवरुद्ध भएको थियो । अनलाइन आवेदन दिने प्रणालीमा समस्या समाधान भए पनि समस्या शुरु हुनुभन्दा अघि आवदेन दिएकाहरुको विवरण प्रणालीमा रिकभर हुन नसकेको भन्दै विभागले सूचनामार्फत आफ्नो विवरण पुनः रुजु गर्न आवेदकहरुलाई आग्रह गरेको हो ।
आवेदकहरुले आफ्नो यूजर आइडी राहदानी नम्बर र पासवर्ड प्रयोग गरी आफ्नो विवरणहरू रुजु गर्नुपर्ने भन्दै विभागले विवरण नभेटिएमा पुनः नयाँ दर्ता गर्नुपर्ने बताएको छ । नयाँ दर्ता गर्दा प्राप्त हुने रजिस्ट्रेशन नम्बर नै निवेदकको रजिस्ट्रेशन नम्बर कायम हुने पनि विभागले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies