२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

इरानका आणविक स्थलहरू पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी

shivam cement
मध्यान्ह
२०८२ साउन ४ गते ०८:३०
इरानका आणविक स्थलहरू पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताएका छन् ।

आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त वा नष्ट गरिएको’ दाबी दोहोर्‍याएका छन् । 

उनले भने, “उनीहरूलाई सेवामा फर्काउन बर्सौँ लाग्नेछ र यदि इरानले त्यसो गर्न चाहेको खण्डमा उनीहरूले तीन फरक फरक स्थानमा नयाँ तरिकाले सुरु गर्नु राम्रो हुनेछ ।”

गत जुन २२ मा अमेरिकाले हवाइ आक्रमण गरी इरानको विवादास्पद आणविक कार्यक्रम स्थलमाथि धावा बोलेको थियो ।आक्रमणमा तेहरानको दक्षिणमा रहेको फोर्डोस्थित युरेनियम संवर्द्धन केन्द्रका साथै इस्फाहान र नातान्जका आणविक स्थलमा व्यापक क्षति भएको थियो । 

इरानी आणविक र सैन्य पूर्वाधारविरुद्ध इजरायलको अभियानका क्रममा भएका यी बम विस्फोटलाई वासिङ्टनले आणविक हतियार निर्माण गर्ने बर्सौँ लामो गोप्य प्रयासको ‘नकआउट’ प्रहारका रूपमा लिएको थियो । इरानले आफ्नो असैनिक आणविक शक्ति कार्यक्रमलाई हतियार बनाउने प्रयास नगरेको दाबी गर्दै आएको छ ।

ट्रम्पले पूर्ण रूपमा सफलता हासिल गरेको दाबी गरे पनि धेरै अमेरिकी सञ्चार माध्यमहरूले चुहिएको गुप्तचर सूचनाको हवाला दिँदै आक्रमणबाट सबै इरानी आणविक र सैन्य पूर्वाधार नस्ट नभएको दाबी गरेका छन् । 

एनबीसी न्युजले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टमा सेनाको क्षतिको आँकलनलाई उद्धृत गर्दै तीनमध्ये एउटा स्थल मात्र ध्वस्त भएको उल्लेख गरिएको छ ।

एनबीसीका अनुसार अन्य दुई स्थल मर्मत योग्य मानिएका छन् र आगामी केही महिनाभित्र युरेनियम संवर्द्धनका गतिविधिहरू पुनः सुरु गर्न सक्षम हुनसक्ने छन् ।

एनबीसीका अनुसार पेन्टागनले ट्रम्पले रोजेको एक रातको अपरेसन नभई केही हप्तासम्म चल्ने बमबारी अभियानमार्फत इरानको सुविधामा अझ बढी क्षति पुर्‍याउने विकल्प तयार पारेको थियो ।

एक वर्तमान र एक पूर्व अधिकारीलाई उद्धृत गर्दै गरिएको रिपोर्ट अनुसार राष्ट्रपति ट्रम्पले हताहत हुने र द्वन्द्वमा फस्ने डरका कारण थप व्यापक आक्रमण योजनालाई अस्वीकार गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise