२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

‘अत्यावश्यक बाहेक लामो यात्रा नगरौँ’-प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८२ साउन ४ गते ०८:५८
‘अत्यावश्यक बाहेक लामो यात्रा नगरौँ’-प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरेको जनाउँदै सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनाको पालना गर्न आग्रह गरेका हुन् ।

‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु ।’ प्रधानमन्त्री ओलीले लेखेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise