देवेन्द्र आलोक/मध्यान्ह
झापा : नेपाली नागरिक पार्टी केन्द्रीय समितिले साउन १५ गते बिहान दार्चुलास्थित ब्यास नगरपालिका वडा नं. २ खाडदांग मालघाटका जय सिंह धामी घटनाको भत्सना गरेको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको हो ।
यात्रा छोटो बनाउन ब्यास नगरपालिका बडा नम्बर २ मालघाटबाट तुइनको प्रयोग गरी महाकाली नदि पार गरेर भारत पुगी गाडी चढेर दार्चुला जिल्ला सदरमुकाम जाने क्रममा जय सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
पार्टीका राष्ट्रिय अध्यक्ष रामचन्द्र बानियाँ क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जब पार्टीहरु सरकारमा पुग्दछन् । तुइन हटाउने घोषणा गरेपनि नारा दिने र नेपाली जनता दैनिक जीवन चलाउन तुइनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । ’
विज्ञप्तिमा उक्त दार्चुला घटनाका सन्दर्भमा तुइन चढ्ने क्रममा सिमा सुरक्षामा खटिएका भारतीय सिमा सुरक्षा बल एसएसबीले धामीको तुइनबाट पार हुने क्रममा तुइनको लठ्ठा काटिदिएको र व्यक्ति महाकाली नदीमा खसेर बेपत्ता भएकाले अबिलम्ब सो घटना सम्बन्धमा सत्यतथ्य जाँच गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनका लागि समेत माग गरेको छ । विज्ञप्तिमा नेपाल भारत सीमा क्षेत्रमा हुने यस प्रकृतिका घटनाहरु अमानवीय, निन्दनीय र क्रुर हो भन्दै यस्ता घटनाहरु नदोहोरियोस भन्दै ध्यानाकर्षण गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies