काठमाडौं : विराटनगरमा प्रहरी जवान पदको लिखित परीक्षामा अर्कैको नामबाट परीक्षा दिने छ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
प्रदेश १ प्रहरी कार्यालय रानी तालिम केन्द्रमा सञ्चालित प्रहरी जवानको लिखित परीक्षामा परीक्षार्थी बनेर परीक्षा दिन खोज्ने क्रममा ६ जना नक्कली परीक्षार्थी पक्राउ परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
पैसा लिएर नक्कली परीक्षार्थी बनेर परीक्षामा सामले हुन खोज्ने भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं ६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ८ का १९ वर्षीय सरोज राई, धनकुटा शहिदभूमि गाउँपालिका वडा नंम्बर ३ का २१ वर्षीय खपाङ राई र धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ८ का २७ वर्षीया राजकुमार राई रहेका छन्।
प्रहरीका अनुसार उनीहरुले भोजपुर पौवादुङ्मा ६ का सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भन्दै सोही ठाउँका संगम राईबाट नगद १ लाख १८ हजार, पौवादुङ्मा ६ कै सागर राईबाट १ लाख १८ हजार, धनकुटा साँगुरीगढीका सरोज राईबाट दुई लाख रुपैयाँ लिएको खुलेको छ।
उनीहरुलाई प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies