२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

पर्यटन नीति, २०८२ : अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने लक्ष्य

shivam cement
मध्यान्ह
२०८२ साउन ५ गते २१:५०
पर्यटन नीति, २०८२ : अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने लक्ष्य

तारा पौडेल/मध्यान्ह

काठमाडौं : सरकारले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने लक्ष्य राख्दै पर्यटन नीति, २०८२ ल्याएको छ । पर्यटन नीति, २०६५ लाई विस्थापित गर्दै सरकारले नयाँ सन्दर्भसँग जोडेर लक्ष्य र उद्देश्य विकास गर्दै सो नीति ल्याएको हो ।

पर्यटकीय वस्तुको पहिचान, विकास, प्रवर्द्धन र विविधिकरण, गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको विकास, दिगो र उत्थानशील पर्यटन विकास, पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार र पर्यटन प्रवर्द्धनमार्फत् स्वरोजगारको अवसर सिर्जना गर्नु जारी गरिएको नीतिको उद्देश्य रहेको छ । 

उद्देश्य हासिल गर्नका लागि नेपालको भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई उपयोग गर्दै उदीयमान एवं विद्यमान पर्यटकीय वस्तु तथा गन्तव्यको पहिचान, विकास, विस्तार र विविधीकरण गर्ने नीति सरकारले तय गरेको छ । 

उपयुक्त प्रविधि र माध्यमको उपयोग गरी पर्यटकीय वस्तुहरूको प्रवर्द्धनात्मक गतिविधि सञ्चालन, गुणस्तरीय एवं बहुपक्षीय पूर्वाधार विकासका लागि सार्वजनिक, निजी तथा वैदेशिक लगानी प्रवर्द्धन र पर्यटन सेवा पहुँच वृद्धि गर्न हवाई सेवालाई थप सुरक्षित, व्यवस्थित र नियमित बनाइ पर्यटन स्रोत बजारमा सेवा विस्तार गरिने विषय नीतिमा समावेश गरिएको छ ।

त्यस्तै, लक्ष्य एवं उद्देश्य प्राप्तिका लागि पर्यटकीय गतिविधिलाई वातारणमैत्री, समतामूलक र जिम्मेवार पर्यटनको विकास तथा पवद्र्धन गरिने, पर्यटन सम्बद्ध कानुन र नीतिलाई समयानुकुल बनाउँदै समन्वय र क्षमता विकासमा जोड दिइने र पर्यटन व्यवसायबाट रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने विषय नीतिमा उल्लेख छ ।

नीतिलाई कार्यान्वयन गर्नको लागि कार्यनीति र रणनीति पनि सरकारले नीतिमार्फत् तय गरेको छ । नीति कार्यान्वयनका लागि राष्ट्रिय पर्यटन परिषद् गठन गर्ने व्यवस्था गरिएको छ । साथै, कानुनी व्यवस्था तथा परिमार्जन, वित्तीय व्यवस्था, जोखिम पहिचान, अनुगमन तथा मूल्यांकन लगायतको विषयलाई पनि नीतिमा स्पष्ट गरिएको छ ।

सरकारले पर्यटन नीति, २०६३ ले निर्धारण गरेका १६ वटा नीतिमध्ये २ वटा नीतिको मात्रै पूरा कार्यान्वयन गरेको थियो । त्यस्तै, ३ वटा नीति ६० देखि ६५ प्रतिशत, ६ वटा नीति ३० देखि ४५ प्रतिशत, ४ वटा नीति २७ प्रतिशत भन्दा कम र एउटा नीतिको कार्यान्वयन नभएको अवस्था छ ।

ADV

सम्बन्धित खबर

Advertise