काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलुनको सेवामा विशेष हुने भएको छ । बैंक र सैलुनबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएसँगै सो बैंकका ग्राहकले सो सुविधा पाउने भएका हुन् ।
सम्झौताअनुसार ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलुनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।