२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश

shivam cement
मध्यान्ह
२०८२ साउन ५ गते २१:५७
एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८औँ वार्षिकोत्सव मनाएको छ । साउन ५ गते बैंक २८औँ वर्ष प्रवेश गरेको हो ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात् गर्दै बैंकले आफूलाई विश्वसनीय, उत्तरदायी र प्रविधिमैत्री बैंकिङ सेवाको नमुनाका रूपमा स्थापित गरेको दाबी गरेको छ । बैंकका अनुसार २८ वर्षअघि आजकै दिन सुरु भएको यात्रा अहिले ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित शाखामार्फत् लाखौँ ग्राहकहरूसँग प्रत्यक्ष जोडिएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी र अन्य सबै सरोकारवालाप्रति आभार प्रकट गर्दै अगामी दिनमा अझ उत्कृष्ट, नवीन र अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise