२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

राजस्व संकलनमा सात दशमलव ४४ प्रतिदशले वृद्धि

shivam cement
मध्यान्ह
२०८२ साउन ६ गते ०८:२५
राजस्व संकलनमा सात दशमलव ४४ प्रतिदशले वृद्धि

कैलाली : आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा रु. दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व संकलन गरेको छ । सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा सात दशमलव ४४ प्रतिशतले बढी हो ।

कार्यालयले गत आवमा रु. तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत संकलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए । गत आवको लक्ष्य बराबरको राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी संकलन भएको उनले बताए ।

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट रु. २६ करोड ७३ लाख आठ हजार, व्यक्तिगत आयकरबाट रु. एक अर्ब २७ करोड ५९ लाख ८१ हजार, अन्त:शुल्क आयकरबाट रु. १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट रु. एक अर्ब ११ करोड चार लाख ४३ हजार राजस्व संकलन गरेको उनले बताए । आव २०८०/८१ मा रु. तीन अर्ब आठ करोड ४१ लाख ४० हजार लक्ष्य लिएकामा रु. दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार राजस्व संकलन गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise