२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

आइक्यानको सिल्भर अवार्ड नेपाल लाइफलाई

shivam cement
मध्यान्ह
२०८२ साउन ६ गते २१:२९
आइक्यानको सिल्भर अवार्ड नेपाल लाइफलाई

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ ।

आइक्यानले शुक्रबार होटल र्‍याडिसनमा आयोजना गरेको एक कार्यक्रमकाबीच महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रुपमा ग्रहण गरेका थिए । 

कम्पनीलाई जीवन बीमा तर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो । जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ । जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो ।

अवार्डले सो कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, खुलासाहरु पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई शिरोधार्य गर्दै वित्तीय प्रतिवेदन तयार गरेको, वित्तीय पारदर्शिता जवाफदेहिता र संस्थागत सुशासन लाई मध्यनजर गर्दै चुस्त र दुरुस्त रूपमा कार्यसम्पादन गर्दै आएको झल्काउँदछ ।

ADV

सम्बन्धित खबर

Advertise