काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेसनल हस्पिटलको स्वास्थ्य सेवामा छुट हुने भएको छ । बैंक र हस्पिटलबीचबीच बैंकका ग्राहकको स्वास्थ्य उपचारमा सहकार्य गर्ने सम्झौताअनुसार सो छुट हुने भएको हो ।
यस सम्झौतासँगै अब बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउन सक्ने बैंकले जनाएको छ ।
बैंककाअनुसार यस सुविधाका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत् भुक्तानी गर्नुपर्ने छ ।