२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा हुने

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते ०७:२१
कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा हुने

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise