२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते ०८:३८
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौँ : अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका-१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए । यो खण्डमा बिहानैदेखि यातायात सञ्चालन ठप्प भएको छ ।

वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए । कोरिडोरसँगै बलेवा-कुशिमसेरा सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise