काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार २ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।