२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नवलपुरमा चैते धानको उत्पादन बढ्यो

Nada
२०८२ साउन ७ गते ११:१७
Shares
नवलपुरमा चैते धानको उत्पादन बढ्यो

काठमाडौँ : नवलपरासी (बर्दघाट(सुस्तापूर्व) मा चैते धानको उत्पादनमा वृद्धि भएको छ। नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१र८२ मा प्रतिहेक्टर ६.३मेट्रिक टन पुगेको छ । 

ncell

आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ५.९ मेट्रिक टन रहेकामा आव २०७९/८० मा प्रतिहेक्टर छ मेट्रिक टन रहेको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जिल्लामा चैते धानको उत्पादकत्वसँगै उत्पादनमा वृद्धि भएको जानकारी दिए। जिल्लामा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा चैते धानको उत्पादनमा वृद्धि देखिएको उनको भनाइ छ ।

आव २०७९/८० मा ६ हजार १२३ मेट्रिक टन धान उत्पादन भएकामा २०८०/८१ मा ६ हजार २४४ मेट्रिक टन तथा आव २०८१/८२ मा सात हजार ५३ मेट्रिक टन धान उत्पादन भएको काफ्लेले जानकारी दिए। काफ्लेका अनुसार चैते धान खेतीतर्फ किसानको आकर्षण बढेको छ । पर्याप्त 
सिँचाइ, अनुदानको व्यवस्था, उत्पादकत्वमा वृद्धि, रोग कीराको प्रकोप न्यून, अनुकूल मौसम, मल बीउको न्यून अभावलगायत कारण किसान चैते धानतर्फ आकर्षित भएका सूचना अधिकारी काफ्लेले बताए । 

जिल्लामा आव २०७९/८० मा एक हजार १० हेक्टर, आव २०८०/८१ मा एक हजार ५३ हेक्टर तथा आव २०८१/८२ मा एक हजार एक सय २० हेक्टरमा चैते धानको खेती गरिएको थियो । 

यसैबीच, जिल्लामा बर्खे धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये साउन ६ गतेसम्म १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको काफ्लेले जानकारी दिए। जिल्लामा यो वर्ष १८ हजार ७२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । नवलपुरमा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८०.२ भागमा रोपाइँ सकिएको जानकारी दिए । नेपालमा मनसुन चाँडो भित्रिएको भनिए पनि यहाँ नियमित वर्षा हुन नसक्दा धान रोपाइँ ढिलाइ भएको उनको भनाइ छ । 

नियमित वर्षा भएको अवस्थामा साउन २० गतेसम्म जिल्लामा रोपाइँ सकिने काफ्ले बताए ।

ताजा खबर

सम्बन्धित खबर