२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते ११:२८
बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो

काठमाडौंः बंगलादेश वायुसेनाको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । जसमध्ये २५ जना बालबालिका रहेका छन् । 

अन्य दुई पीडितहरूमा विमानका पाइलट र एक महिला स्कूल शिक्षिका समावेश छन् । अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्य तथा परिवार कल्याणका लागि विशेष सहायक मोहम्मद सयदुर रहमानले कम्तिमा ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । 

तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सयदुरले बताए । सरकारले उक्त दुखद घटनाको प्रतिक्रियामा मंगलवार एक दिने राष्ट्रिय शोक मनाएको छ । अन्तर सेवा जनसम्पर्क निर्देशनालयकाअनुसार नियमित प्रशिक्षण उडानमा संलग्न बंगलादेश वायुसेना विमान ए.के.बाट उडेको थियो । 

सोमबार स्थानीय समयअनुसार दिउँसो १ः०६ बजे ढाकाको कुर्मितोलामा रहेको खान्डाकर एयर बेसबाट विमान छुटेको थियो । त्यसको केही समयपछि नै दुई तले विद्यालय भवनमा ठोक्किएको थियो । एजेन्सी

ADV

सम्बन्धित खबर

Advertise