२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते ११:४९
पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् । “आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली !”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेखेका छन् । 

कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए । 

पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । पुष्पलाल नेकपाका संस्थापक महासचिव थिए । उनको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise