२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

सारथी केवल इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते २०:४८
सारथी केवल इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

काठमाडौं : सारथी केवल इन्डष्ट्रिजले प्राथमिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको छ । सारथीको आईपीओ निष्काशन गर्ने विषयमा सिटिजन्स क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको हो । बुधबार दुई कम्पनीबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा सारथी केबल इन्डष्ट्रिजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए । कम्पनीले आर्थिक वर्ष २०८२/८३ भित्रमा आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने योजना सार्वजनिक गरेको थियो । 

सो शेयर निष्कासनबाट आम नेपाली नागरिकले नेपालमै सम्भावनायुक्त तथा भविष्यमुखी उद्योगमा लगानी गर्ने अवसर पाउने कम्पनीको दाबी छ । आईपीओबाट उठ्ने पुँजी प्रयोग गरी कम्पनीले नेपालमै पहिलो पटक भूमिगत केवल उत्पादन सुरु गर्ने तयारी गरेको छ । त्यस्तै, अत्याधुनिक प्रविधिसहित आल्युमिनियम पगाल्ने कारखाना (फर्नेन्स प्लान्ट) जडान गर्ने योजना रहेको छ । 

सारथी केवल इन्डष्ट्रिज लिमिटेड विगत १८ वर्षदेखि केवल तथा तार उत्पादनमा क्रियाशील रहँदै आएको छ । कम्पनी मल्टि–स्ट्रान्ड केवल, पावर केवल, कन्सेन्ट्रिक केवल र एसीएसआर कन्डक्टर जस्ता सामग्री उत्पादन गर्दै आएको छ । 

ADV

सम्बन्धित खबर

Advertise