काठमाडौं : एनसेलले विद्यार्थीका लागि ‘सधैं अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएकालगायत सबै विद्यार्थीलाई लक्षित गरी सो योजना ल्याएको हो ।
कम्पनीकाअनुसार करसहित तीन सय ९९ रुपैयाँ र सो भन्दा माथिका मासिक शुल्कमा आउने यी प्लानहरूमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवाहरू पाइन्छ ।
अफर अन्तर्गत प्रयोगकर्ताले तीन सय ९९ रुपैयाँको सधैं अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनको लागि तीन सय ९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवाहरू पाउनेछन् । त्यसैगरी यदि विद्यार्थीहरूले पाँच सय ९९ रुपैयाँको सधैं अन रिन्युअल लिएमा उनीहरूले ५९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवाहरू पाउने कम्पनीले जनाएको छ ।
एनसेलकाअनुसार यो योजनाअन्तर्गतको सिम वा ई–सिम लिन विद्यार्थीले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुवाको नागरिकताको प्रतिलिपिसहित कुनै पनि एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा जान सक्नेछन् ।