२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

चितवनको होटल सिराइचुलीले आईपीओ निष्काशन गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते २०:५१
चितवनको होटल सिराइचुलीले आईपीओ निष्काशन गर्ने

काठमाडौं : चितवन अवस्थित होटल सिराइचुली लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।

पर्यटकीय नगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित होटल सिराइचुलीमा समकालीन आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैंक्वेट हल, ५ वटा बोर्डरूमहरू, इन्फिनिटी स्विमिङ पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा सहित उच्चस्तरीय सुविधा सम्पन्न कोठाहरू रहेका छन् । साथै, होटल सिराइचुलीबाट हिमालय पर्वत श्रृंखलाको दृश्यावलोकन समेत गर्न सकिन्छ ।

बुधबार भएको सो सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise