काठमाडौं : नेपालमा एक्सपेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटोशो अफर ल्याएको छ । ‘अनलेश टूमरोज् ड्राइभ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको यो अफरअन्तर्गत ग्राहकले एक्सपेङ इलेक्ट्रिक सवारी खरिद गर्दा आठ लाख रुपैयाँसम्मको बचत गर्न सक्ने कम्पनीले जनाएको हो ।
कम्पनीकाअनुसार ६.६४ प्रतिशतमात्र ब्याजदर, ४८ घण्टाभित्र ऋण स्वीकृति र सात वर्षसम्मको ऋण अवधिसहित यो अफर नेपालमा उपलब्ध आकर्षक ईभी फाइनान्सिङ अफरमध्ये एक हो । यो अफर अन्तर्गत ग्राहकले वित्तीय सुविधासँगै अन्य एक वर्षको पूर्ण बीमा कभरेज, एक वर्षको सवारी कर, घरमै चार्ज गर्न ६.६ केडब्लु होम चार्जरलगायतका लाभहरू पाउने कम्पनीले जनाएको छ ।