सप्तरी : अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती संगीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ ।