२०८२ साउन ९ गते शुक्रवार / Jul 25 , 2025 , Friday
२०८२ साउन ९ गते शुक्रवार
Ads

सुर्खेतका दुई बालिका भक्तपुरमा झुन्डिएको अवस्थामा मृत फेला

shivam cement
मध्यान्ह
२०८२ साउन ८ गते ०९:४४
सुर्खेतका दुई बालिका भक्तपुरमा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

आज विहान ६ः४५ बजे बोडे सिन्टिटार स्थितमा इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सृजना कँडेल डेरामै मृत फेला परेका हुन् । 

उनीहरू प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको  प्रहरीले जनाएको छ ।

घटनाबारे थप केही खुलेको छैन । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise