२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘मानव अधिकार सुनिश्चित गर्न सबैको हातेमालो आवश्यक’

ADV
क्षितिज किरण
२०८१ असार ३१ गते २२:१८
‘मानव अधिकार सुनिश्चित गर्न सबैको हातेमालो आवश्यक’

कपिलवस्तु : मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) जिल्ला शाखा कपिलवस्तुले आफ्नो २५ औं स्थापना दिवस मनाएको छ ।

सामाजिक र आर्थिक रुपान्तरणका लागि मानव अधिकारको सुनिश्चितता, सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ एलाइन्स कपिलवस्तुले शिक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

मानव अधिकार एलाइन्सका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रोमकान्त घिमिरेले शिक्षा र मानव अधिकार विषयक कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकारको अवस्था, मानव अधिकार सम्बन्धी कानूनी मान्यता, मानव अधिकार सुनिश्चित हुने सूचकहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले गर्भ अवस्थादेखि मृत्युसम्म मानिसले पाउनुपर्ने अधिकार, ती अधिकारका लागि गर्नुपर्ने वकालत र नागरिकको दायित्व, सुरक्षित रोजगार सम्बन्धी जानकारी गराएका थिए । 

कार्यक्रम ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनको सभाहलमा आयोजना गरिएको थियो । त्यहाँ अध्ययनरत विद्यार्थीहरुले शिक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न जिज्ञासा राखेका थिए भने जसको सम्बोधन केन्द्रीय सचिव घिमिरेले गरेका थिए । 

कार्यक्रमका अध्यक्ष मानव अधिकार एलाईन्स कपिलवस्तुका उपाध्यक्ष रिता बोहोराले स्थापना दिवसको अवसरमा शुभकामना दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् । उनले मानव अधिकार सुनिश्चितताका लागि सबैले हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन् । 

ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक असिम कँडेल क्षेत्री, कोरियन भाषा विभाग प्रमुख महेश आचार्य, कोरियन भाषा प्रशिक्षक माधव घिमिरे लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका सदस्य तथा मानव अधिकार एलाईन्स कपिलवस्तुका पूर्व सहसचिव पूर्ण चन्द्र परियारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मानव अधिकार एलाईन्स कपिलवस्तुका सदस्य हरि आचार्यले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise