२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

सिँगारिँदै छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरू)

Nada
२०८३ कार्तिक २७ गते १२:०६
Shares
सिँगारिँदै छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरू)
तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

सिरहा : आस्थाको महापर्व छठ नजिकिँदा सिरहाका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ । छठपर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासी, युवा तथा भक्तजनहरू सरसफाइ र घाट व्यवस्थापनमा जुटेका छन्। कतै नदी तथा पोखरीका किनार सफा गरिँदै छ भने कतै टेन्ट, पण्डाल र सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक बनाउने काम भइरहेको छ ।

May be an image of text

स्थानीयहरू कोदालो, खुर्पी, हँसियालगायत सामग्री बोकेर श्रमदानमा जुटेका छन् । आ–आफ्नो टोल तथा समुदायका छठघाट सफा, सुन्दर र व्यवस्थित बनाउन थालिएसँगै जिल्लाका विभिन्न स्थानमा पर्वको रौनक बढेको छ । गोलबजार नगरपालिका–७ का स्थानीय दीपेन्द्र सिंह (दीपा)का अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजाअर्चना गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीयहरू केही दिनअघिदेखि नै सरसफाइ तथा घाट व्यवस्थापनमा जुटेका हुन् ।

May be an image of boat and text

अर्का स्थानीय अमितकुमार सिंहले पनि छठपर्वलाई व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न स्थानीयहरू एकजुट भएर व्यवस्थापनमा लागेको बताए । उनकाअनुसार घाट व्यवस्थापनका लागि जेसीबीदेखि विभिन्न औजार प्रयोग भइरहेको छ । सूर्यदेव र छठी माताको उपासनासँग जोडिएको यस पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। पर्व नजिकिँदै जाँदा सिरहाका गाउँदेखि सहरसम्म छठको तयारीले चहलपहल बढाएको छ। रोजगारीको क्रममा देशका विभिन्न जिल्लामा पुगेकाहरु पनि छठ मनाउन घर फर्किन थालेका छन् ।

May be an image of text

May be an image of text

No photo description available.

May be an image of text

May be an image of text

May be an image of grass and text

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर