२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

मृतकका परिवारलाई ५० हजार दिने चक्रघट्टाको निर्णय, आज शोक बिदा

Nada
२०८३ कार्तिक २७ गते ०९:४४
Shares
मृतकका परिवारलाई ५० हजार दिने चक्रघट्टाको निर्णय, आज शोक बिदा

सर्लाही : मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको थियो ।

घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले आज शुक्रबार गाउँपालिका क्षेत्रभित्र शोक बिदासमेत दिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा बिहीबार जारी सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाहेकका नियमित सेवा प्रवाह हुने कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ ।

शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर