२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

भारतीय कुखुराको तस्करी बढ्दा नेपाली व्यवसायी मारमा

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ २ गते २१:१०
भारतीय कुखुराको तस्करी बढ्दा नेपाली व्यवसायी मारमा

रौतहट : सिमावर्ती क्षेत्रबाट हुने तस्करी बढेसँगै नेपाली कुखुरा व्यवसायीहरू मारमा परेका छन् । भारतमा उत्पादित कुखुरा अवैध रूपमा नेपाल भित्रिन थालेपछि स्थानीय किसान र व्यवसायीलाई ठूलो समस्या भएको हो । यसै सन्दर्भमा जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटले सोमबार जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तस्करी रोक्न माग गरेको छ ।

ज्ञापनपत्रमा कुखुराको अवैध पैठारी रोक्न सिमानाकामा कडा निगरानी गर्न, तस्करीमा संलग्न समूहलाई कानूनी दायरामा ल्याउन, स्थानीय कुखुरा पालक किसानको संरक्षणमा विशेष ध्यान दिन, साथै प्रशासन तथा स्थानीय जनप्रतिनिधिसहितको संयुक्त समिति गठन गर्नुपर्ने माग गरिएको छ ।

संघका सचिव राधेश्याम साहले कम मूल्यका भारतीय कुखुरा नेपाली बजारमा खुलेआम बिक्री हुँदा स्थानीय किसान र व्यवसायी मारमा परेको बताए । उनले भने, ‘यो केवल व्यवसायिक मात्र नभई मानवीय स्वास्थ्यसँग पनि सम्बन्धित विषय हो । नेपाली किसानहरू घाटामा भइरहेका बेला भारतीय कुखुराले बजार पाउँदा झनै समस्या थपिएको छ ।’

साहले सीमावर्ती प्रहरी युनिटहरू तस्करसँग मिलेमतोमा रहेको आशंका समेत व्यक्त गरे । उनका अनुसार भारतमा कुखुराको मूल्य किलोको करिब १५० रुपैयाँ मात्र पर्नेदेखि नेपाली किसानले प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था छ ।

कुखुरा भारतीय, फार्म नेपाली

पछिल्लो समय तस्करहरूले नयाँ तरिका अपनाएको व्यवसायीहरूको दाबी छ । भारतबाट ल्याइएका कुखुरा नेपालका फार्ममा हालेर नेपाली उत्पादन देखाउँदै बिल काट्ने गरिएको छ । संघका अध्यक्ष उमाशंकर साहका अनुसार साँझमा खाली देखिने फार्महरू बिहानै भरिने गरेको छ । उनले प्रहरी मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप पनि लगाए । रौतहट जिल्लाका रामपुरखाप, नरकटिया, मोतिपुर, परोहा, बंकुल, लक्ष्मीपुर, ब्रह्मपुरी लगायतका सीमावर्ती क्षेत्रबाट तस्करी भइरहेको उल्लेख गरिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले पनि तस्करी रोक्न टोली परिचालन गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीलाई फोकल पर्सन तोक्दै प्रशासनको टोली परिचालन गर्न लागिएको हो ।  प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले प्रहरी युनिटलाई कडाइका साथ गस्ती बढाउन निर्देशन दिँदै जिल्ला प्रशासनको टोली पनि सिमामा परिचालन हुने जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise